नियम ४८
संरक्षण क्षेत्रभित्र अवतरण गर्न अनुमति लिनु पर्ने
(१) कसैले संरक्षण क्षेत्रमा कुनै किसिमको हेलिकप्टर, हटएयर वेलुन वा त्यस्तै किसिमका हवाई उपकरणको अवतरण गर्न चाहेमा अनुमति लिनको लागि अनुसूची–१६ बमोजिमको ढा“चामा विभाग वा परिषद्््समक्ष
निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि विभाग वा परिषद्ले तोके बमोजिमको दस्तुर लिई संरक्षण क्षेत्रमा हेलिकप्टर, हटएयर वेलुन वा त्यस्तै किसिमको उपकरणको अवतरण गर्न अनुमति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम यसरी अनुमति दिंदा अनुसूची–१७ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनुपर्नेछ ।
(४) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि आपतकालीन अवतरण वा उद्धार सम्बन्धी कार्यका सिलसिलामा अवतरण गर्दा पूर्व अनुमति लिनु पर्ने छैन ।
(५) उपनियम (४) बमोजिम आपतकालीन अवतरण वा उद्धार सम्बन्धी कार्यका सिलसिलामा अवतरण गरेको कुराको जानकारी यथासक्य छिटो गरी विभाग वा परिषद्लाई दिनु पर्नेछ ।